माडी (स्थानीय) खबर पोष्ट

अधिकारी परिवारद्वारा शिशुकल्याण आधारभूत विद्यालयमा फिल्टरसहित खानेपानी धारा निर्माण सहयोग

०६ जेष्ठ, माडी । माडीको एक परिवारले माडी नगरपालिका–६ स्याउलीवासस्थित शिशुकल्याण आधारभूत विद्यालयमा फिल्टरसहितको खानेपानी धारा निर्माण सहयोग गरेको छ ।

स्वर्गीय तोयनाथ अधिकारीको स्मृतिमा उहाँकी धर्मपत्नी लोककुमारी अधिकारी तथा समस्त अधिकारी परिवारको करिब ४६ हजार ५ सय रुपैयाँ आर्थिक लागतमा विद्यालयमा ६ टुटीको खानेपानी धारा निर्माण सहयोग गर्नुभएको हो ।

नवनिर्मित धारालाई बुधबार एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य पूर्णकला सुनार प्रमुख अतिथि रहनुभयो ।

सोही कार्यक्रममै अवसरमा रेवा मध्यवर्ती उपभोक्ता समितिले विद्यालयलाई ३ थान सिलिङ पंखा हस्तान्तरण समेत गरेको थियो । सहयोगदाताहरूलाई सम्मान पत्र प्रदान गर्दै आभार व्यक्त गरिएको सो कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया