०७ जेष्ठ, माडी । माडी माध्यमिक विद्यालय, बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व वडाध्यक्ष कृष्ण पौडेल चयन हुनुभएको छ । नर्वेबाट उच्चशिक्षा आर्जन गर्नुभएका र हाल व्यवसायिक कृषिमा सरिक पौडेलसंग शिक्षातर्फ काठमाडौं विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत रहेको छ ।
गत बैशाख ३१ गते सम्पन्न अभिभावक भेलाबाट वि.व्य.स. सदस्य चयन हुनुभएका अभिभावक प्रतिनिधिहरुको बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । सो भेलाबाट वि.व्य.स. सदस्यहरुमा प्रमिला महतो, अमृता के.सी. नबिन बस्याल सदस्य चयन हुनुभएको हो भने शिक्षक अभिभावक संघको संयोजकमा शुलभ बन्धु पोख्रेल चयन हुनुभएको थियो ।




