चितवन खबर पोष्ट

सहकारी ठगी मुद्दामा लामिछानेसहितका प्रतिवादीविरुद्धका केही अभियोग खारेज

०८ जेष्ठ, माडी । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछाने सहित सहकारी ठगी प्रकरणका प्रतिवादीविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी भने कायम राख्दै अन्य अभियोग संशोधन गरेको हो।

अदालतको आदेशमा सहकारीको बचत रकम डुबेका जाहेरवालाको मागमा प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी दाबी नरहेको उल्लेख गरिएको छ। संशोधनपछि पनि जाहेरवालाको मागअनुसार सहकारी ठगीसम्बन्धी अभियोग कायम रहने भएकाले मुद्दा संशोधन गरिएको आदेशमा जनाइएको छ।

यस्तै, मुद्दा संशोधन नगरिएको अवस्थामा प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग कायम रहँदा मिलापत्र प्रक्रिया तथा बिगो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न सक्ने अदालतले आदेशमा उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया