माडी (स्थानीय) खबर पोष्ट

बालकल्याण आधारभूत विद्यालयको वि.व्य.स. अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन

०८ जेष्ठ, माडी । बालकल्याण आधारभूत विद्यालय, माडी–७, जगन्नाथपुरीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ । यसअघि पनि वि.व्य.स. अध्यक्षकै रुपमा एक कार्यकाल पुरा गर्नुभएका उहाँलाई शुक्रबार सम्पन्न अभिभावक भेलाले पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसैगरी, वि.व्य.स. सदस्यहरुमा कृष्ण प्रसाद तिवारी, भिमा कुमारी रानाभाट र संगिता सुवेदी रहनुभएको छ । समितिमा शिक्षकहरुको प्रतिनिधित्वबाट शिशिर अधिकारी र वडाध्यक्ष चन्द्रकुमारी बानियाँ सदस्य रहँदा प्रधानाध्यापक केशवराज अधिकारी (पदेन) सदस्य सचिव रहनुभएको छ ।

यसबाहेक, शिक्षक अभिभावक संघको अध्यक्षमा पूर्णप्रसाद सुवेदी र सदस्यहरुमा टेकबहादुर भुजेल, कमल चेपाङ र ममता परियार चयन हुनुभएको छ । माडी–७ का वडा सदस्य ढाकामोहन तिमिल्सिनाको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया