११ जेष्ठ, माडी । ११ जेष्ठ, माडी । माडी नगरपालिकामा पहिलोपटक आयोजित नगरस्तरीय पुरुष भेट्रान लिग भलिबल प्रतियोगिता–२०८३ को क्वार्टरफाइनल (नकआउट) चरणमा पाँचवटा टीम प्रवेश गरेका छन् । लीग चरणमा पाएको अंकका आधारमा वडा नं. ७, ८, ५, ६ र ९ नकआउट चरणमा प्रवेश गरेका हुन् ।
सोमबार साँझसम्म लीग चरणका सबै खेलहरु सकिँदा वडा नं. ७ र ८ को समान २१ अंक रहेको छ । दुबै टिमले ८ खेल खेलेकोमा ७ जित र १ हार सहित सो अंक बनाएका हुन् । तेश्रो स्थानमा १८ अंकसहित वडा नं. ५ रहेको छ । सो वडाको भेट्रान टीमले ८ मध्ये ६ खेलमा जीत निकाल्दा र २ खेलमा हार व्यहोरेको छ ।
त्यस्तै, ५ खेलमा जीत र ३ खेलमा हार व्यहोरेको ६ नं. वडाको भेट्रान टीम चौथो स्थानमा र ४ खेलमा जीत र ४ मा हार व्यहोरेको वडा नं. ९ पाँचौं स्थानमा रहेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी जेष्ठ १५ गते सञ्चालन हुने खेल संयोजक बिनोद अधिकारीले जानकारी दिनुभयो ।




