माडी (स्थानीय) खबर पोष्ट

माडीमा फाइबर केबल काटिँदा इन्टरनेट सेवा प्रभावित, छानबिनको माग

१३ जेष्ठ, माडी । माडीमा फाइबर इन्टरनेट र टि.भी. सेवा प्रदान गरिरहेको टेकमाइण्ड्स नेटवर्कले बारम्बार अप्टिकल फाइबर केबुल काटिएको गुनासो गरेको छ ।

माडी नगरपालिका–७, कीर्तनपुरस्थित बोर्डिङ्ग नजिकै रहेको टेकमाइन्ड्स नेटवर्कको अप्टिकल फाइबर तार पुनः काटिएको अवस्थामा भेटिएको हो । मंगलबार बेलुका विद्युत् आपूर्ति अवरुद्ध भएको मौकामा बक्सको तार जानीजानी काटिएको अवस्थामा भेटिएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईंले जानकारी दिनुभयो ।

सो घटनाका कारण स्थानीय क्षेत्रमा इन्टरनेट सेवा केही समय अवरुद्ध भएकोमा मर्मतपछि सुचारु भएको छ । सेवाप्रदायकले यसलाई योजनाबद्ध गतिविधि भएको बताउँदै कानुनी कारवाहीका लागि प्रहरी प्रशासन गुहारेको छ । पटक पटक दोहोरिएको यसप्रकारको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरिएको चापागाईंले बताउनुभयो ।

तपाईको प्रतिक्रिया