चितवन खबर पोष्ट

माडीमा ‘मेयर कप’ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक

१३ जेष्ठ, माडी । “शिक्षासँगै खेलकूद” भन्ने नारासहित माडीमा आयोजित ‘मेयर कप’ विद्यालय स्तरीय छात्र-छात्रा फुटबल प्रतियोगिताको खेल तालिका (टाइ-सिट) प्रकाशन भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति, माडी नगरपालिकाको आयोजनामा सञ्चालन हुने सो प्रतियोगिता आउँदो जेष्ठ १६ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने सो प्रतियोगिताको छात्र र छात्रा दुबैतर्फको फाइनल खेल जेष्ठ २४ गते सम्पन्न हुनेछ । टाइसिटअनुसार छात्रतर्फ माडीका ९ वटै मा.वि. स्कुलको सहभागिता रहँदा छात्रातर्फ माडी मा.वि., जनजीवन मा.वि., सोमेश्वर मावि, दिवाकर स्मृति मा.वि. र जनकल्याण मा.वि.बीचमात्रै प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टिमले १५ हजार रुपैयाँ र उपविजेताले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने, अनुशासन र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया