माडी (स्थानीय) खबर पोष्ट

माडी मौलिक सांस्कृतिक उत्सवले मधेशी समुदायमा सांस्कृतिक जागरण

१४ जेष्ठ, माडी । माडी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘माडी मौलिक सांस्कृतिक उत्सव’को प्रभावस्वरुप माडीको मधेशी समुदायमा समेत भाषिक एवं सांस्कृतिक उत्थानको उत्प्रेरणा मिलेको छ ।

उत्सवमा सहभागिताका लागि माडी-३, रतनी र रेवाटोल क्षेत्रमा बसोबास गर्दै आएका मधेशी नागरिकहरु भेला भई छलफल गरेका छन् । भेलाबाट उत्सवको झाँकीमा सहभागी हुने र फुड फेस्टिभलमा मधेशी परिकारहरु विक्री एवं प्रचारप्रसार गर्ने निर्णय गरिएको मधेशी युवा अगुवा राजु राउत अहिरले बताउनुभयो ।

“माडीका अन्य जातिय समूहहरु आफ्‌नो परम्परागत भेषभूषा, परिकार र संस्कृतिप्रति जागरुक भई त्यसकै बलमा होमस्टे सञ्चालन गरिसके, हामी भने पछि छुट्यौं । अब अगाडि बढ्ने हो” मधेशी महिला अगुवा पुनम साहको भनाई थियो ।सांस्कृतिक उत्सव सकिए लगत्तै पुनः छलफल गरी रतनी गाउँ क्षेत्रमा मधेशी होमस्टे स्थापना गर्ने तयारी गरिएको अर्का मधेशी अगुवा बिगुवा साह कानुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया