माडी (स्थानीय) खबर पोष्ट

गणतन्त्र दिवस विशेष : माडीमा आज ‘माडी मौलिक संस्कृति उत्सव २०८३’

१५ जेष्ठ, माडी । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज १७औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाले वि.सं. २०६५ जेठ १५ गते २४० वर्षे निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ । समारोहलाई अघिल्ला वर्षहरुमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैबिच, गणतन्त्र दिवसकै अवसर पारी माडीको बसन्तपुरमा “माडी मौलिक संस्कृति उत्सव २०८३” आयोजना भएको छ । माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजना र माडी नगरपालिकाको प्रवर्द्धनमा दिउँसो ३ बजेदेखि बसन्तपुरस्थित खुला चौरमा सो कार्यक्रम हुन लागेको हो ।

तपाईको प्रतिक्रिया