देश-प्रदेश खबर पोष्ट

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा माडीका खेलाडीको उत्कृष्ट प्रदर्शन

१६ जेष्ठ, माडी । बागमती प्रदेश विकास खेलकुद परिषद्, बागमती प्रदेशद्वारा आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश प्रतियोगिता–२०८३ मा माडीका ५ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन् ।

गत जेठ १३ देखि १५ गतेसम्म सञ्चालित सो प्रतियोगितामा बरदान काफ्ले हाईजम्पतर्फ रजत पदक विजेता बनेका छन् भने अजित बोट ३००० मिटर दौडमा रजत पदक जित्न सफल भएका छन् । त्यस्तै, ४×४०० मिटर रिले दौडमा सहभागी सचिन दराई र विश्वास गुरुङ सम्मिलित टोलीले रजत पदक जितेको छ।

यसैगरी ८०० मिटर दौडमा सोनाम बोटले कांस्य पदक हात पारेकी छिन्। ४×१०० मिटर रिले दौडमा सहभागी विश्वास गुरुङले टोलीमार्फत कांस्य पदक प्राप्त गरेका छन् । माडीका ११ जना खेलाडीहरु एथलेटिक्सतर्फ कृष्ण महतो र कान्ती महतोको प्रशिक्षणमा प्रतियोगितामा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया