माडी (स्थानीय) खबर पोष्ट

बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल निर्वाचित

१६ जेष्ठ, माडी । माडीको बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न क्लबको ३१औं बार्षिकोत्सव तथा नवौं अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

त्यस्तै उपाध्यक्षमा विकास (भरत) ढकाल चयन हुँदा सचिवमा सुनिल पौडेल पुनर्चयन हुनुभएको छ । सहसचिवमा सबिना लामिछाने अधिकारी र कोषाध्यक्षमा स्वेता वाग्ले बराल चयन हुनुभएको छ ।

सदस्यहरुमा पदमराज रेग्मी, सौरभ जयसवाल, देवनारायण लोहार, इन्द्रकुमारी महतो, मेनुका महतो, सन्दीप श्रेष्ठ, राजकुमार बि.क. र विनिता पोख्रेल तिमिल्सिना चयन हुनुभएको छ । यसबाहेक आमन्त्रित सदस्यमा रामचन्द्र महतो र सलिम मियाँ रहनुभएको छ ।

क्लबका अध्यक्ष (हाल निवर्तमान) सन्देश बरालको अध्यक्षतामा क्लब कार्यालय बरुवामा सम्पन्न बार्षिकोत्सव एवं अधिवेशन कार्यक्रममा माडी–१ का वडाध्यक्ष अमित कुमार लामाको प्रमुख आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया