१६ जेठ । नारायणगढस्थित नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसका अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जेठ १६ गते ईश्वर अम्बा आश्रम, न्युरोड नारायणगढमा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै केन्द्रले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा सेवाग्राहीहरूको आवश्यकतालाई ध्यानमा राखी खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री प्रदान गरेको हो।
केन्द्रले स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यक्रमअन्तर्गत गरिएको सामग्री हस्तान्तरणले आश्रममा आश्रित व्यक्तिहरूलाई सहयोग पुग्नुका साथै सामाजिक सद्भाव र सेवाभावलाई थप मजबुत बनाएको विश्वास गरिएको छ। नारी अभ्युदय केन्द्रले “स्वार्थभन्दा माथि सेवा” भन्ने मूल नारालाई आत्मसात गर्दै समाजसेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।




