माडी (स्थानीय) खबर पोष्ट

बसन्तपुरमा युवा र महिला विद्यार्थीबीच भलिबल प्रतिस्पर्धा

१६ जेष्ठ, माडी । नवौं राष्ट्रिय भलिबल स्थापना दिवस-२०८३ को अवसर पारी माडीको बसन्तपुरमा युवा विद्यार्थी तथा महिला विद्यार्थी समूहबीच भलिबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो ।

समूह लिग तथा नकआउट विधीबाट खेल सञ्चालन हुने सो प्रतियोगिताको समुद्घाटन खेलमा वडा नं. १ र ६ बीच खेल सुरु भएकोमा बर्षाका कारण रोकिन पुगेको थियो । अब, पुरुषतर्फका खेलहरु आइतबार बिहान १० बजेदेखि र महिलातर्फ दिउँसो ३ बजेबाट सञ्चालन सुरु हुो प्रतियोगिताका संयोजक नारायण पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया