१७ जेष्ठ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको सभापतिमा सिता ज्ञवाली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ज्ञवालीले ३३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी सुबास गैरैले २५६ मत प्राप्त गर्नुभएको थियो।
यस्तै, उपसभापतिमा दिवाकरराज श्रेष्ठ ३६६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी इन्दिरा बरालले २०९ मत प्राप्त गर्नुभएको थियो। सचिव पदमा सूर्यराज अधिकारीको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ।
सहसचिव पदमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी बोधनाथ सुवेदीले १३० मत प्राप्त गर्नुभएको थियो। कोषाध्यक्ष पद भने पछि मनोनित गर्ने व्यवस्था रहेको जनाइएको छ।

अधिवेशनबाट पुरुष १० जना, दलित १ जना र महिला ८ जना गरी २१ जना निर्वाचित सदस्यसहित २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। कार्यसमितिका दुई सदस्य भने पछि मनोनित गरिने व्यवस्था रहेको छ। रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भुपदेव शाह ले गर्नुभएको थियो।



