कृषि र कृषक पोष्ट

चनौली सबस्टेशनमा समस्या, माडी र पश्चिमी चितवन अन्धकारमा

१७ जेष्ठ, माडी । भरतपुरको बसेनीदेखि चनौलीसम्म जोडिएको बिध्युत केबुलमा प्राविधिक समस्या (फल्ट) आएसंगै चनौली वितरण केन्द्रबाट आपूर्ति हुने पश्चिमी चितवन र माडी क्षेत्रमा बिध्युत सेवा अवरुद्ध भएको छ ।

प्राप्त जानकारीअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म बिध्युत अवरुद्ध भएको थियो । मर्मत कार्यपछि केही समय बिध्युत सञ्चालनमा आए पनि पुनः दिउँसो २ बजेदेखि सेवा प्रभावित बनेको छ ।

सबस्टेशन क्षेत्रभित्र रहेको अण्डरग्राउण्ड केबुलमा फल्ट देखिएकाले बिध्युत आपूर्ति रोकिएको र प्राविधिक टोलीले समस्या पहिचान गरी मर्मत कार्यलाई तीव्र बनाएको जनाएको छ ।

चनौली–जगतपुर–माडीतर्फको प्रसारण लाइन भने सामान्य अवस्थामा रहेको बताइएको छ । चनौली सबस्टेशन पुनः चार्ज हुनासाथ साँझ अबेरसम्ममा सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको बिध्युत प्राधिकरणले जनाएको छ ।

बिध्युत अवरुद्ध रहँदा धानको बीउ छर्नका लागि सिंचाइ बोरिङ चलाउनुपर्ने किसान सहित पश्चिमी चितवन र माडी क्षेत्रका उद्योग, व्यवसाय तथा सर्वसाधारण प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया