१८ जेष्ठ, माडी । नेपाली कांग्रेस निकट नेपाल थारु संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको अध्यक्षमा चितवन माडीका शिवनारायण महतो गुरौ निर्वाचित हुनुभएको छ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गुरौ पुनर्चयन हुनुभएको हो । अधिवेशनबाट चयन भएको ७४ सदस्यीय राष्ट्रिय कार्यसमितिमा चितवनबाट बुद्धिसेन चौधरी, रामचन्द्र चौधरी र चन्द्रा कुमारी चौधरी सदस्य चयन हुनुभएको छ ।
थारु संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन सम्पन्न गरेको जनाएको छ । कांग्रेसका सभापति गगनकुमार थापाले सो महाधिवेशन उद्घाटन गर्नुभएको थियो । संघले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको हो ।




