१८ जेष्ठ, माडी । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफ.एम.का स्टेशन म्यानेजर दिप्ती विश्वकर्मा “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुभएको छ ।
राष्ट्रिय दलित पत्रकार संघले स्थापना गरेको सो पुरस्कारबाट दुर्गम वा ग्रामीण क्षेत्रमा रही निरन्तर पत्रकारिता गर्दै आउनुभएका माडीका विश्वकर्मा सम्मानित हुनुभएको हो ।
काठमाडौंको चन्द्रागिरीमा आयोजित संघको महाधिवेशन समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहँदै पूर्वराष्ट्रपति विध्यादेवी भण्डारीले सो पुरस्कार विश्वकर्मालाई प्रदान गर्नुभयो ।

पत्रकारितामार्फत समाजका आवाजलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका मुद्दाहरू स्वदेश एफ.एम.मार्फत उजागर गरेको योगदानको कदरस्वरूप सो सम्मान प्रदान गरिएको महासंघले जनाएको छ ।
राष्ट्रिय दलित पत्रकार महासंघका रुकुमपूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नुभएको हो



