खेल र खेलाडी पोष्ट

बसन्तपुरमा जारी मेयर कपमा छात्रतर्फ सोमेश्वर र छात्रातर्फ जनजीवन विजयी

१७ जेष्ठ, माडी । माडीको बसन्तपुरमा जारी मेयर कप छात्रछात्रा फुटबल प्रतियोगिता–२०८३ मा आइतबार छात्रतर्फ सोमेश्वर मा.वि. र छात्रातर्फ जनजीवन मा.वि. विजयी भएका छन् ।

छात्रतर्फ कृष्णनगर मा.वि.लाई सोमेश्वर मा.वि.ले ४–१ गोलअन्तरमा पराजित गर्दा सोमेश्वरका समिर नेपाली म्यान अफ द म्याच घोषित हुनुभयो । छात्रातर्फ जनजीवन र सोमेश्वर भिँडेकोमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा ४–२ गोलअन्तरबाट जनजीवन विजयी भएको हो । सो खेलमा जनजीवनका समिक्षा महतो म्यान अफ द म्याच घोषित हुनुभयो ।

यसैबीच, बसन्तपुरमै जारी नवौँ राष्ट्रिय भलिबल स्थापना दिवस–२०८३ मा आइतबार पहिलो चरणअन्तर्गत भएका खेलहरूमध्ये वडा नं. १ र ६ बीचको खेलमा वडा नं. ६ विजयी भएको छ भने वडा नं. १ उपविजेता बनेको छ। त्यसैगरी वडा नं. ४ र ७ बीचको खेलमा वडा नं. ७ विजयी हुँदै वडा नं. ४ उपविजेता बनेको छ ।

त्यस्तै वडा नं. ४ र २ बीचको प्रतिस्पर्धामा वडा नं. २ विजयी भएको छ भने वडा नं. ४ उपविजेता बनेको छ । वडा नं. ३ र ८ बीचको खेलमा वडा नं. ३ विजयी हुँदै वडा नं. ८ उपविजेता बनेको छ । वडा नं. ५ र ९ बीचको खेलमा वडा नं. ५ विजयी भएको छ भने वडा नं. ९ उपविजेता बनेको छ । यस चरणका खेलपछि वडा नं. ४ प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै, दोस्रो समूह चरणअन्तर्गत भएका खेलहरूमा वडा नं. ६ र ८ बीचको खेलमा वडा नं. ६ विजयी हुँदै वडा नं. ८ बाहिरिएको छ । त्यसैगरी वडा नं. ३ र १ बीचको खेलमा वडा नं. ३ विजयी भएको छ भने वडा नं. १ प्रतियोगिताबाट बाहिरिएको छ । (फोटो: मेयरकपका प्लेयर अफ द म्याचद्वय)

तपाईको प्रतिक्रिया