स्वदेशपोष्ट विशेष

नारी अभ्युदय केन्द्रको स्थापना दिवसमा अन्तर विद्यालय लाइभ पेन्सिल आर्ट प्रतियोगिता सम्पन्न

जेठ १३, चितवन । नारायणगढस्थित नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत अन्तर विद्यालय लाइभ पेन्सिल आर्ट प्रतियोगिता सम्पन्न भएको छ। ज्येष्ठ १३ गते केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा लिटल फ्लावर स्कुल, बालकुमारी बोर्डिङ स्कुल, स्मल हेभेन मोडल स्कुल, न्यु होराइजन इङ्ग्लिस स्कुल, आदिकवि भानु माध्यमिक विद्यालय तथा चितवन इङ्ग्लिस बोर्डिङ स्कुल गरी ६ विद्यालयका ३० जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रत्येक विद्यालयबाट पाँच/पाँच जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा लिटल फ्लावर स्कुलकी आश्रिया श्रेष्ठ प्रथम, सोही विद्यालयकी पुष्पा पौडेल द्वितीय तथा बालकुमारी इङ्ग्लिस बोर्डिङ स्कुलकी सिद्धिका सापकोटा तृतीय हुन सफल भएका छन्। त्यसैगरी सान्त्वना पुरस्कार लिटल फ्लावर स्कुलका मानशी श्रेष्ठ, संस्कृति पौडेल र छेतन गुरुङ, स्मल हेभेन मोडल स्कुलका आर्या श्रेष्ठ र एलिसा गुरुङ तथा आदिकवि भानु माध्यमिक विद्यालयका अनमोल सिलवालले प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको सिर्जनात्मक क्षमता र उज्ज्वल भविष्यको कामना गरिएको थियो। कार्यक्रम नारी अमृत्यु केन्द्रको ३६औँ स्थापना दिवसका अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया