एजुकेसन फर लाइफ (नर्वे)द्वारा खैरहनी माविलाई करिब एक लाख बराबरका पुस्तक सहयोग

२१ जेष्ठ, चितवन । एजुकेसन फर लाइफ (नर्वे) नामक संस्थाले माडी–४ स्थित खैरहनी माध्यमिक विद्यालयलाई करिब एक लाख रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ ।

विज्ञापन १

संस्थाका प्रतिनिधिहरू कृष्ण पोख्रेल, मिना कार्की र विनोद अधिकारीले बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास तिवारीसहित विद्यालय परिवारलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो । साथै विद्यालयमा अभिभावकसँग शैक्षिक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसीले अभिभावकहरूलाई सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

विज्ञापन २

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास तिवारीको अध्यक्षता तथा माडी नगरपालिका–४ का वडाध्यक्ष माधवप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलानन्द भुसालले सञ्चालन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया