चितवन खबर पोष्ट

अत्यधिक गर्मीले चनौली वितरण केन्द्रको विद्युत प्रणालीमा चाप, आपूर्ति प्रभावित

२१ जेष्ठ, चितवन । अत्यधिक गर्मी बढेसँगै विध्युत खपतमा उल्लेख्य वृद्धि हुँदा चितवनको चनौली वितरण केन्द्रको सेवा क्षेत्रमा विध्युत आपूर्तिमा समस्या देखिन थालेका छन् ।

नेपाल विध्युत प्राधिकरण, चनौली वितरण केन्द्रका अनुसार पछिल्ला दिनहरूमा विध्युतको माग अत्यधिक बढ्दा प्रसारण लाइन, वितरण लाइन तथा वितरण ट्रान्सफर्मरहरू ओभरलोड भएका छन् । यसका कारण न्यून भोल्टेज, तार तथा जम्पर चुडिने, ट्रान्सफर्मरको फ्युज जाने लगायतका समस्या बारम्बार देखिँदा विध्युत सेवा अवरुद्ध तथा अनियमित भइरहेको केन्द्रको भनाइ छ।

समस्या समाधानका लागि प्राधिकरणका कर्मचारीहरू मर्मत तथा व्यवस्थापन कार्यमा निरन्तर खटिरहेको केन्द्रले जनाएको छ । साथै गर्मी याममा विध्युत प्रणालीमा परेको चाप कम गर्न अत्यावश्यक बाहेकका विध्युत उपकरणहरूको प्रयोग सकेसम्म न्यून गर्न तथा विध्युत लोड व्यवस्थापनमा सहयोग पुर्‍याउन सम्पूर्ण ग्राहकवर्गसँग अनुरोध समेत गरेको छ।

तपाईको प्रतिक्रिया