माडी (स्थानीय) खबर पोष्ट

माडीमा नेकपाको नेतृत्व टुंगियो, सुवेदी पुनः इञ्चार्ज

२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको माडी नगर ईञ्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ । शुक्रबार बसेको नगर कार्यसंयोजन समितिको बैठकले सुवेदीलाई ईञ्चार्जको जिम्मेवारी दिँदा डण्डपाणी पौडेल, प्रेमराज तिमिल्सिना र बालकृष्ण सापकोटालाई सह–इञ्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।

तात्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका एक दर्जन बढी संख्यामा रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुबीच एकता भई नेकपा बनेसंगै हाल जिल्ला हुँदै नगर र वडासम्म एकता प्रक्रिया चलिरहेको छ ।

सोही प्रक्रिया अन्तरगत नगर कार्यसमिति चयन भएको हो भने सो कार्यसंयोजन समितिलाई सघाउन इञ्चार्ज र सह–ईञ्चार्ज तोकिएको पार्टी नगर संयोजक पुरन महतोले जानकारी दिनुभयो ।

बैठकले पार्टीलाई वडा तहसम्म थप सुदृढ बनाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा आगामी सम्मेलन सफल बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो

तपाईको प्रतिक्रिया