माडी (स्थानीय) खबर पोष्ट

माडीमा नेकपाको अन्तरिम नेतृत्व चयन, संयोजक बने पुरन महतो

२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको नगर कार्यसंयोजन समिति संयोजकमा पुरन महतो चयन हुनुभएको छ । विगतमा नेकपा एकीकृत समाजवादीका माडी नगर अध्यक्ष (साथै माडी–३ का वडाध्यक्ष समेत) रहनुभएका महतोलाई एकीकृत पार्टी ‘नेकपा’को नगर संयोजनको जिम्मेवारी आएको हो ।

त्यसैगरी नगर कार्यसंयोजन समिति सह-संयोजकमा भरत तिमिल्सिना र (वडा नं. ७ वडाध्यक्ष समेत रहनुभएका) चन्द्रकुमारी बानियाँ चयन हुनुभएको छ । तिमिल्सिना यसअघि नेकपा माओवादी केन्द्रको नगर अध्यक्ष रहनुभएको थियो ।

करीब एक दर्जन पार्टीहरुबीच एकता भई बनेको नेकपाको समग्र एकता प्रक्रियालाई नगर हुँदै वडा तहसम्मै पुरा गर्न तथा आगामी असोजभित्र नगर सम्मेलन गरी नयाँ नेतृत्व चयन कार्यको तयारीका लागि अन्तरिम कालीन नयाँ जिम्मेवारी बाँडफाँट गरिएको सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया