२२ जेष्ठ, चितवन । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले निकट भविष्यमै प्रकाशन गर्न लागेको आर्थिक बर्ष २०८३/८४को रातो किताबमा माडीको रीउ करिडोरदेखि अयोध्याधाम निर्माण सम्मका योजनाहरु समेटिने भएका छन् ।
रातो किताबमा रीउ नदी नियन्त्रण बहुउद्देश्यीय परियोजना (रीउ करिडोर)का लागि रु ५ करोड र अयोध्याधाम राम मन्दिर क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि ७ करोड रुपैंया बजेट रहने निश्चित भएको चितवन–३ का प्रतिनिधिसभा सदस्य एवं संघीय कानुन मन्त्री सोविता गौतमको सचिवालयले पुष्टी गरेको हो ।
यसबाहेक, पूर्वाधार विकास मन्त्रालयबाटै रौतनी खोलामा एक र चितई खोलामा २ वटा पुल निर्माणका लागि ७ करोड ५० लाख रुपैंया (क्रमागत) बजेटको निरन्तरता र बैकुण्ठेश्वर महादेव मन्दिर जाने टुनामुना खोलामा झोलुङ्गे पुल निर्माणका लागि पनि ३ करोड रुपैंया बजेट सुनिश्चित गरिएको सचिवालयले जनाएको छ ।




