माडी (स्थानीय) खबर पोष्ट

जनकल्याण माविको वि.व्य.स. अध्यक्षमा राधाकुमारी आचार्य चयन

२२ जेष्ठ, चितवन । जनकल्याण माध्यमिक विद्यालय, माडी–६ कल्याणपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राधाकुमारी आचार्य चयन हुनुभएको छ। शुक्रबार विद्यालयमा सर्वसम्मत गठन भएको वि.व्य.स.मा ताराबहादुर खत्री, तिला रानाभाट र दामोदर गौतम सदस्य रहनुभएको विद्यालयले जनाएको छ।

समितिमा स्थानीय तहको प्रतिनिधिका रूपमा माडी नगरपालिका–६ का वडा अध्यक्ष दीपेन्द्रराज पौडेल रहनुभएको छ भने विद्यालयका प्रधानाध्यापक रामबहादुर जी.सी. सदस्य–सचिव रहनुभएको छ। नवनिर्वाचित समिति सर्वसम्मत रूपमा चयन भएको हो।

माडी नगरपालिकाद्वारा नमुना घोषित भइ नेपाल गुणस्तर प्रमाण चिन्ह समेत लिएको सो विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासमा नयाँ व्यवस्थापन समिति सक्रिय रहने विश्वास व्यक्त गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

तपाईको प्रतिक्रिया