२३ जेष्ठ, चितवन — माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता-२०८३ को छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दिवाकर स्मृति माध्यमिक विद्यालयले बालविकास इङ्ग्लिस स्कुललाई ८–० गोलअन्तरले पराजित गर्दै सहज रूपमा फाइनल यात्रा तय गरेको हो।
दोस्रो सेमिफाइनलमा माडी माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालयबीच निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको टाइब्रेकरअन्तर्गत सडन डेथमा जनजीवन माध्यमिक विद्यालयले ५–४ गोलअन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो।

पहिलो सेमिफाइनलमा दिवाकर स्मृति माध्यमिक विद्यालयकी सरिष्का चापागाईं ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो। यस्तै दोस्रो सेमिफाइनलमा जनजीवन माध्यमिक विद्यालयकी मनिष्का घर्ती ‘म्यान अफ द म्याच’ चुनिनुभयो।
अब छात्रातर्फको उपाधिका लागि दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालयबीच जेठ २४ गते आइतबार दिउँसो ४:३० बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नबिन बस्यालले जानकारी दिनुभयो।



