खेल र खेलाडी पोष्ट

माडी मेयर कप फुटबलमा छात्रतर्फ माडी मा.वि. र जनकल्याण मा.वि. फाइनल प्रवेश

माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयले सोमेश्वर माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यस्तै शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा माडी माध्यमिक विद्यालयले विद्याज्योति इङ्ग्लिस स्कुलमाथि ७–१ गोलअन्तरको जित निकाल्दै फाइनल यात्रा तय गरेको हो।

पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जनकल्याण माध्यमिक विद्यालयका रोहित गुरुङ ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो। त्यस्तै दोस्रो सेमिफाइनलमा माडी माध्यमिक विद्यालयका एबिन बस्याल ‘म्यान अफ द म्याच’ चुनिनुभयो।

अब उपाधिका लागि माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयबीच जेठ २४ गते आइतबार दिउँसो ३ बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नबिन बस्यालले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया