चितवन खबर पोष्ट

दिवाकर स्मृति माविमा जया देवी पौडेल लामिछानेको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

२३ जेष्ठ, चितवन — माडी नगरपालिका-५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा जया देवी पौडेल लामिछानेको अध्यक्षतामा ७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ।

पुनर्गठित समितिको सदस्यमा मञ्जु आचार्य, मुक्ति प्रसाद बस्याल र एकराज चापागाईं रहनुभएको छ। यस्तै, पदेन सदस्यका रूपमा वडा नं. ५ का वडाध्यक्ष गणेश प्रसाद घताने तथा शिक्षक प्रतिनिधिका रूपमा जनकराज भुषाल रहनुभएको छ। समितिको सदस्य-सचिवको जिम्मेवारी विद्यालयका प्रधानाध्यापक बलबहादुर श्रेष्ठलाई दिइएको छ।

माडी नगरपालिकाको पत्रअनुसार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको विद्यालयले जनाएको हो। नयाँ व्यवस्थापन समिति गठनसँगै विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक र स्थानीय समुदायले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया