देश-प्रदेश खबर पोष्ट

२ ४ जेष्ठ, चितवन — सामाजिक सञ्जालबाट उदाएको युवा अभियान ककरोच जनता पार्टी (CJP) ले भारतीय शहर नयाँदिल्लीको जन्तर–मन्तरमा बिरोध प्रदर्शन गरेको छ। हजाराैंको संख्यामा रहेका प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्।

संस्थापक अभिजीत दिप्केको नेतृत्वमा सुरु भएको प्रदर्शनमा विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ककरोच जनता पार्टीले NEET–२०२६ प्रश्नपत्र चुहावट, CBSE मूल्याङ्कन प्रणालीसम्बन्धी विवाद तथा अन्य शैक्षिक समस्याहरू को जिम्मेवारी लिँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो।

सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेको CJP को यो पहिलो ठूलो सडक प्रदर्शन हो। प्रदर्शन शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आयोजकहरूले सहभागीहरूलाई अनुशासित रहन र कुनै पनि प्रकारको हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्। दिल्ली प्रहरीले प्रदर्शनका लागि पूर्वअनुमति दिएको छ भने सुरक्षा व्यवस्थालाई कडा बनाएको छ।

तपाईको प्रतिक्रिया