२४ जेष्ठ, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला सभापति पदका लागि माडी-४, खैरहनी (हाल भरतपुर) निवासी कृष्णप्रसाद भुसालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
रास्वपाको सांगठनिक सुरुवात भएको प्रमुख क्षेत्र चितवन जिल्लामा सो पार्टीको जिल्ला सभापतिका रुपमा एक कार्यकाल (सफल) नेतृत्व गरिसक्नुभएका भुसालले दोश्रो कार्यकालका लागि पार्टी जिल्ला सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
रास्वपा चितवन सभापति पदका लागि भुसालसंगै चितवन क्षेत्र नं. ३ सभापति रहिसक्नुभएका ई. मिनीमाधव खनाल, एकराज बुर्लाकोटी र प्रकाश आचार्यको समेत उम्मेदवारी परेको छ ।

यसैगरी, माडी नगरपालिका वडा नं. २ (हाल भरतपुर) निवासी प्रमिला अधिकारीले जिल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै, हाल क्षेत्र नं. ३ सचिव रहनुभएका चीरञ्जीवि तिवारीले क्षेत्र नं. ३ को उप-सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।



