माडी (स्थानीय) खबर पोष्ट

किसानको एकीकृत तथ्यांक संकलन गर्दै माडी नगरपालिका

२४ जेष्ठ, चितवन — माडी नगरपालिकाले किसानहरूको एकीकृत तथ्यांक संकलन तथा कृषि क्षेत्रमा उपलब्ध हुने सेवा–सुविधालाई व्यवस्थित गर्ने उद्देश्यले किसान सूचीकरण सुरु गरेको छ ।

चालु आर्थिक वर्षमा वडा नं. १ देखि ५ सम्म किसानहरूको सूचीकरणका लागि गणक तथा सहजकर्ताहरूलाई जेठ १५ गतेदेखि फिल्डमा परिचालन गरिएको नगर कृषि शाखा प्रमुख शरेस सिंखडाले बताउनुभयो । गणकहरू हाल घर–घर पुगेर किसानहरूको विवरण संकलन गरिरहेको उहाँले जनाउनुभयो ।

नगरपालिकाले सम्बन्धित वडाका सबै किसानलाई आफ्नो घरमा आउने गणक तथा सहजकर्तालाई सही र यथार्थ विवरण उपलब्ध गराई सूचीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

सूचीकृत किसानहरूले सहुलियतपूर्ण कृषि ऋण, कृषि औजार खरिदमा अनुदान तथा सहुलियत, बीउबिजनमा छुट, कृषि पूर्वाधार निर्माणमा सहयोग लगायतका विभिन्न सेवा–सुविधा प्राप्त गर्न सक्ने माडी नगरपालिकाका कृषि शाखा प्रमुख शरेस सिंखडाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया