खेल र खेलाडी पोष्ट

सिद्धान्तको निर्णायक गोलमा माडी मा.वि. च्याम्पियन

२४ जेष्ठ, चितवन — माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय प्रथम भएको छ । आइतबार साँझ सम्पन्न फाइनल स्पर्धामा जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरलाई २–१ गोलअन्तरबाट पराजित गर्दै माडी मा.वि.ले उपाधी जितेको हो ।

माडी मा.वि.का लागि कमल सुनार र सिद्धान्त बि.क.ले एक एक गोलको योगदान गर्नुभयो । जनकल्याणका लागि अनिल परियारले एकमात्र सान्त्वना गोल फर्काउनुभयो । खेलको म्यान अफ द म्याच पनि विजयी गोलस्कोरर सिद्धान्त बि.क. नै घोषित हुनुभयो ।

छात्रतर्फको खेलमा नवप्रतिभाशाली खेलाडी – सक्षम गुरूङ्ग, बेष्ट गोलकिपर – रितिक शाह (माडी मा.वि.), बेष्ट मिडफिल्डर – अभिराज घताने (माडी मा.वि.), बेष्ट डिफेन्स – विपिन विश्वकर्मा (माडी मा.वि.), सर्बोत्कृष्ट खेलाडी – करन बोट (माडी मा.वि.) र सर्बाधिक गोलकर्ता अनिल परियार (जनकल्याण मा.वि.) घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया