चितवन खबर पोष्ट

आ.ब. २०८१/०८२ मा माडी नगरको बेरूजु ०.१५७ प्रतिशत अर्थात ३३ लाख ४५ हजार रुपैंया मात्रै

चितवन, २५ जेठ ०८३ — विगतमा बार्षिक करोडौं बेरुजु रहने गरेको माडी नगरपालिमा गत आर्थिक बर्ष २०८१/०८२ मा चितवनकै न्यून (कूल २ अर्ब १३ करोड १ लाख ५३ हजारको लेखापरीक्षणमा ०.१५७ प्रतिशत अर्थात) ३३ लाख ४५ हजार रुपैंया मात्रै बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेन अनुसार लेखापरीक्षणका क्रममा कूल १ करोड ३२ लाख २ हजार रुपैयाँ बेरुजु देखिएकोमा ९८ लाख ५७ हजार रुपैयाँ फर्स्याैट भई सो रकम बराबरको बेरुजु बाँकी रहेको हो ।

बाँकी बेरुजुमध्ये १ लाख २२ हजार असुल गर्नुपर्ने, १ लाख २९ हजार रुपैयाँका प्रमाण कागजात पेश हुनुपर्ने, २९ लाख ५९ रुपैयाँ नियमित गर्नुपर्ने तथा १ लाख ३५ हजार रुपैयाँ पेश्की शीर्षकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षसम्म माडी नगरपालिकाको कुल बेरुजु ४८ करोड १४ लाख ७४ हजार रुपैयाँ रहेको थियो । आ.ब. २०८१/०८२ को ३३ लाख ४५ हजार रुपैयाँ थपिएपछि नगरपालिकाको अद्यावधिक बेरुजु रकम ४८ करोड ४८ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया