चितवन खबर पोष्ट

समयमै बिजुली महसुल नतिर्दा माडी नगरपालिकालाई ३ लाख ७४ हजार जरिवाना

चितवन, २५ जेठ ०८३ — माडी नगरपालिकाका केहि वडा कार्यालयहरुमा समयमै (सडक) बत्तीको महसुल भुक्तान नहुँदा माडी नगरपालिकाले ३ लाख बढि जरिवाना तिर्नुपरेको छ ।

माडी नगरपालिकाले ‘गत आर्थिक वर्ष २०८१/८२ मा वडा, कार्यालय, शाखा, स्वामित्वमा रहेका भवन तथा सडक बत्तीसँग सम्बन्धित रु. १६ लाख ४९ हजार ११ रूपैयाँ बराबरको विजुली महसुल समयमा भुक्तानी नहुँदा रु. ३ लाख ७४ हजार ८२९ रूपैयाँ जरिवाना थप गरि भुक्तानी गर्नुपरेकोले अनियमितता भएको’ महालेखा परिक्षकको लेखापरीक्षण प्रतिवेदनले देखाएको हो ।

श्रोतका अनुसार, मुख्यरुपमा माडी १ वडा कार्यालयले गत आ.व.मा सडक बत्तीको भुक्तानका लागि ८ लाख तिरेपनि करीब ६ लाख रुपैंया बिल भुक्तान बाँकी नै रहेको थियो । वडाभित्र निकुञ्ज छेउका बस्तीमा जंगली जनावरको प्रवेश रोक्न ठूलो क्षमताका ह्यालोजन लाइट बालिने र हुलाकी तथा भित्री बाटोहरुमा गरी माडीकै सर्बाधिक सडक बत्ती बल्ने भएकाले छुट्याएको बजेट भन्दा धेरै महसुल उठ्न पुगी पालिकाको बेरुजु देखाइएको हो ।

तपाईको प्रतिक्रिया