चितवन खबर पोष्ट

आर्थिक वर्ष २०८३/८४ का लागि माडीलाई ५० करोडभन्दा बढी अनुदान सुनिश्चित

चितवन, २५ जेठ ०८३ — संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर–सरकारी वित्तीय हस्तान्तरणमार्फत माडी नगरपालिकालाई ५० करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय हस्तान्तरण विवरणअनुसार माडीले समानीकरण अनुदानतर्फ १२ करोड ९६ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३३ करोड ३९ लाख रुपैयाँ, विशेष अनुदानतर्फ १ करोड ४६ लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ २ करोड ४५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

चितवनका सात स्थानीय तहमध्ये माडीले प्राप्त गरेको अनुदान रकम चौथो स्थानमा रहेको छ। जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकाले २ अर्ब ५ करोड १७ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसपछि रत्ननगर नगरपालिकाले ५८ करोड ३४ लाख रुपैयाँ र राप्ती नगरपालिकाले ५३ करोड ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, खैरहनी नगरपालिकालाई ४५ करोड ९५ लाख रुपैयाँ र कालिका नगरपालिकाले ४४ करोड ६८ लाख रुपैयाँ पाउनेछ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले ३८ करोड ५९ लाख रुपैयाँ प्राप्त गर्ने मन्त्रालयको विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया