खेल र खेलाडी पोष्ट

बर्डस् कप युवा तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि संगम युवा क्लबलाई

चितवन, २५ जेठ ०८३ — माडीको बघौंडा खेल मैदानमा सम्पन्न बर्डस् कप प्रथम माडी नगरस्तरीय युवा तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि संगम युवा क्लबले जितेको छ ।

बघौंडा आन्तरिक खोज तथा विकास समाज (बर्ड्स) नेपालको आयोजनामा जेठ २२ गतेदेखि सञ्चालन भएको सो प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा सगरमाथा युवा क्लबलाई पराजित गर्दै संगम युवा क्लब च्याम्पियन बनेको हो ।

स्वस्थ जीवनका लागि खेलकुद, युवा एकता र अनुशासनको आधार भन्ने नारासहित आयोजित प्रतियोगितामा नगरभित्रका एक दर्जन युवा तथा भेट्रान टोलीहरूको सहभागिता रहेको थियो ।

उपाधिसँगै संगम युवा क्लबले नगद १४ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सगरमाथा युवा क्लबले ७ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया