चितवन खबर पोष्ट

चेली नेपालको शिक्षा विकास (छात्रवृत्ति) कार्यक्रमबाट माडीका ५४ बालिका लाभान्वित

चितवन, २६ जेठ ०८३ — चेली नेपाल संस्थाले माडीमा सञ्चालनमा गरेको शिक्षा विकास (छात्रवृत्ति) कार्यक्रमको प्रगति समीक्षा तथा आगामी बर्षको योजना प्रस्तुतिकरण कार्यक्रम सञ्चालन भएको छ ।

संस्थाले माडीको कृष्णनगर मा.वि.मा अध्ययनरत ६ जना, जनजीवन र जनकल्याण मा.वि.मा अध्ययनरत ११/११ जना, माडी मा.वि.मा अध्ययनरत १६ जना र रतनी धोबाहा आधारभूत विद्यालयमा अध्ययनरत १० जना गरी कूल ५४ बालिका र किशोरीहरुलाई छात्रवृत्तिस्वरुप जनही ३० हजार रुपैंया प्रदान गरेको शिक्षा विकास कार्यक्रम संयोजक हिमाली गुरुङले बताउनुभयो ।

संस्थाले मानव बेचबिखन तथा लैङ्गिक हिंसाको उच्च जोखिममा रहेका, सीमान्तकृत र आर्थिक रूपमा विपन्न बालिकाहरूलाई शिक्षामा निरन्तरता दिन छात्रवृत्ति प्रदान गर्नेगरेको साथै साथै सिप विकास, परिवारको आर्थिक सशक्तिकरण र परामर्श सेवा पनि प्रदान गरिआएको अर्का संयोजक जातीमाया तामाङको भनाई थियो ।

माडी नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रममा नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडाध्यक्षद्वय दीपेन्द्रराज पौडेल र पुरन महतो, सामाजिक विकास शाखाप्रमुख प्रवीण भण्डारी एवं छात्रवृत्ति कार्यक्रम सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापकहरु लगायत छात्रवृत्ति पाएका किशोरीहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया