माडी (स्थानीय) खबर पोष्ट

माडीले आगामी वर्षको नीति, कार्यक्रम र बजेटका लागि सुझाव माग्यो

चितवन, २७ जेठ ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रिया सुरु भएको जनाउँदै नगरवासी तथा सरोकारवालासँग राय, सुझाव र सल्लाह माग गरेको छ ।

पालिकाले एक सूचना जारी गर्दै आगामी वर्षको नीति, कार्यक्रम र बजेटलाई जनताको आवश्यकता, चाहना र स्थानीय प्राथमिकताअनुसार प्रभावकारी बनाउने ध्ययले जनस्तरबाट सुझाव माग गरेको जनाएको हो । आफ्ना सुझावहरू जेष्ठ मसान्तभित्र उपलब्ध गराउन आग्रह गरिएको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

सुझाव नगरपालिकाको इमेलमार्फत वा नगर कार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ । नगरपालिकाले राजनीतिक दल, टोल विकास संस्था, नागरिक समाज, शिक्षक, कर्मचारी, व्यवसायी, सञ्चारकर्मी, विभिन्न पेशाकर्मी तथा सम्पूर्ण नगरवासीलाई सुझाव पेश गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया