माडी (स्थानीय) खबर पोष्ट

बसन्तपुरका व्यवसायी ल्वागुनको इमानदारीपूर्ण कार्यको प्रशंसा

चितवन, २८ जेठ ०८३ — बसन्तपुर बजार टोल विकास संस्थाका अध्यक्ष समेत रहनुभएका सुनचाँदी व्यवसायी यमकुमार ल्वागुनले बघाैंडा–३ निवासी रामलाल महतोको रु. २५ हजार बराबरको चेक फेला पारी इमानदारीको उदाहरण प्रस्तुत गरेका गर्नुभएको छ ।

ल्वागुनले फेला पारेको चेकमा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गरी सम्बन्धित व्यक्ति रामलाल महतोलाई जानकारी गराउनुभएको थियो । त्यसपछि उक्त चेक सुरक्षित रूपमा रामलाल महतोलाई हस्तान्तरण गरिएको छ। हराएको महत्त्वपूर्ण चेक फेला पारेर जिम्मेवारीपूर्वक बुझाएको प्रति चेक धनी रामलाल महतोले धन्यबाद व्यक्त गर्नुभएको छ ।.

तपाईको प्रतिक्रिया