स्वदेशपोष्ट विशेष

माडीमा ३०० विद्यार्थी सहभागी तीन दिने स्काउट समर क्याम्प सम्पन्न

चितवन, ३१ जेठ ०८३ — माडी नगरपालिकाका स्काउट ट्रुप स्थापना भएका ८ वटा विद्यालयका करिब ३०० जना स्काउट विद्यार्थीहरूको सहभागितामा तीन दिने स्काउट समर क्याम्प सञ्चालन भएको छ ।

माडी–८, खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा सञ्चालित उक्त क्याम्पमा विद्यार्थीहरूले विभिन्न सीपमूलक तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए ।

स्काउट झण्डोत्तोलनबाट सुरुवात भएको सो काार्यक्रम अन्तर्गत सुपरम्यान जम्प, साइबर सेक्युरिटीसम्बन्धी तालिम, क्याम्प फायर तथा नृत्य प्रतियोगिता तथा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको स्काउट शिक्षक तथा कार्यक्रम संयोजक भविश्वर ढकालले जानकारी दिनुभयो ।

नेपाल स्काउट माडी नगर तदर्थ समिति (गतिविधि सञ्चालन समिति) को आयोजना तथा माडी नगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त क्याम्पले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन र व्यवहारिक सीप अभिवृद्धि गरेको सहभागीहरुको प्रतिक्रिया छ ।

— — —

तपाईको प्रतिक्रिया