माडी (स्थानीय) खबर पोष्ट

नेपाल औषधि व्यवसायी संघ माडी शाखाको अध्यक्षमा सम्भु तिवारी चयन

चितवन, ०२ असार ०८३ — नेपाल औषधि व्यवसायी संघ माडी नगरपालिका शाखाको अध्यक्षमा सम्भु तिवारी चयन हुनुभएको छ । सोमबार राती एकान्तघर होमस्टेको सभाहलमा सम्पन्न शाखा समितिको अधिवेशनबाट तिवारी अध्यक्ष संयोजक रहनेगरी नयाँ कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै, उपाध्यक्षमा सफल गौतम, कोषाध्यक्षमा ऋषिराम थापा र सचिवमा लोकबहादुर क्षेत्री चयन हुनुभएको छ । समितिका सदस्यहरूमा नरेन्द्र प्रसाद दाहाल, कुलदेव महतो र टेकमणि महतो चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष गोविन्द प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न सो अधिवेशनबाट सल्लाहकारमा नेपालसंगै, रविशंकर शाह, भोजराज खनाल, हेमराज गौतम, नन्द किशोर महतो र गोविन्द प्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया