स्वदेशपोष्ट विशेष

माडी क्याम्पसका लागि १ करोड बजेट, चेपाङ बस्ती र पूर्वाधारमा प्रदेशको लगानी

चितवन, ०१ असार ०८३ — बागमती प्रदेश सरकारले माडी क्याम्पसको लागि १ करोड रुपैंया बजेट विनियोजन गरेको छ । हालै बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस कायम भएको सो क्याम्पसको भौतिक विकास र शैक्षिक गुणस्तर सुधारका लागि सो बजेट विनियोजन भएको हो ।

यसैगरी प्रदेश सरकारले चेपाङ नमुना बस्ती निर्माणका लागि ३ करोड रुपैंया समेत विनियोजन गरेको छ । त्यसैगरी माडी क्षेत्रका विभिन्न ८ वटा खोला खहरेहरुमा मल्टीसेल बक्स कल्भर्ट र पुल निर्माणका लागि समेत बजेट विनियोजना भएको प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज प्रदेश सभामा सो बजेट प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात् ६५ दशमलव ६९ प्रतिशत र चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार अर्थात् ३४ दशमलव ३१ प्रतिशत विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया