चितवन, ०३ असार ०८३ — अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान सम्पन्न खेलमा साविक विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले अल्जेरिया राष्ट्रिय फुटबल टोली लाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ।
कप्तान मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यो उनको विश्वकप करियरको पहिलो ह्याट्रिक हो। यो उपलब्धिसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन्। उनले कुल १६ गोल पुर्याउँदै मिरोस्लाभ क्लोज को कीर्तिमानसँग बराबरी गरेका हुन्।
सन् २००६ मा विश्वकप डेब्यु गरेका मेस्सीले यस खेलसँगै छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी बनेर नयाँ इतिहास रचे। उनले २०१० बाहेक अन्य सबै विश्वकपमा गोल गरेका छन् भने लगातार पाँच विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि कायम राखेका छन्।

यसअघि सन् २०२२ मा कतारमा मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो। अल्जेरियाविरुद्धको खेल मेस्सीको विश्वकपमा २७औं खेल पनि हो, जसले उनलाई विश्वकपमा सर्वाधिक खेल



