माडी (स्थानीय) खबर पोष्ट

माडीका खेल पूर्वाधार विकासमा प्रदेशको लगानी: बसन्तपुर मैदानदेखि कभर्ड हलसम्म बजेट विनियोजन

चितवन, ०३ असार ०८३ — बागमती प्रदेश सरकारले माडीको बसन्तपुरस्थित खेल मैदानमा नाला तथा क्लब मञ्च निर्माणका लागि १० लाख र मैदानको स्तरोन्नति साथै घेराबारका लागि १५ लाख रूपैंया छुट्याएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८३/८४ को कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो । सो चाैरको मर्मत र नाला निर्माणका लागि भन्दै गत फागुनमा बसन्तपुर बजारमा मेला सञ्चालन भइ पाँच लाख बढी रूपैंया पूर्वसंकलित (सार्वजनिक हुन बाँकी) रहेको छ ।

प्रदेश सरकारको बजेटमा उल्लेख रहेका योजनाहरूमा माडी–३ स्थित कभर्ड हल (क्रमागत) निर्माणका लागि सबैभन्दा ठूलो ५० लाख रुपैयाँ छुट्याइएको छ। त्यस्तै, बघौंडा खेलमैदानमा अधुरो प्याराफिट निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने माडी–१ स्थित लक्ष्मुनियाँमा खुल्ला व्यायामशाला निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको देखिएको छ।

तपाईको प्रतिक्रिया