चितवन, ०३ असार ०८३ — बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८३/८४ को कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो ।
शिक्षातर्फका अन्य योजनाहरूमा दिवाकर स्मृति माध्यमिक विद्यालयमा फर्निचरसहित कक्षाकोठा निर्माणका लागि १० लाख, सोमेश्वर माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार विकासका लागि १५ लाख र माडी–७ स्थित बालकल्याण आधारभूत विद्यालयमा पूर्वाधार निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, सोही विद्यालयको अधुरो भवन निर्माणका लागि थप २० लाख, दक्षिण अयोध्यापुरीस्थित राष्ट्रिय आधारभूत विद्यालयमा बाल कक्षामा मोजाइक टायल र सामग्री खरिदका लागि १० लाख तथा रतनी धोबाहा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा स्मार्ट बोर्ड र कम्प्युटरका लागि १५ लाख रुपैयाँ छुट्याइएको देखिएको छ।




