चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिकामा पुल तथा मल्टीसेल कल्भर्ट निर्माणका लागि कम्तीमा ६ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ।
योजना अनुसार मलाही टोल–धोबाहा जाने बाटोस्थित रौतनी खोलामा पुल निर्माणका लागि सबैभन्दा ठूलो ३ करोड रुपैयाँ छुट्याइएको छ।
अन्य योजनाअन्तर्गत सिम्रहनी–सितलपुर सडकको चितही खोलामा, देउता खोलामा, बाँस खोलामा, हरिनगर–गौरीनगर पतरे खोलामा र मगुही खोला छरछरे क्षेत्रमा मल्टीसेल कल्भर्ट निर्माणका लागि जनही ५०–५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, हरिनगरस्थित दिवाकर शिक्षालय नजिक रिमाल खोलामा पुल निर्माणका लागि ३० लाख तथा मिलनचोक नजिक जनकल्याण मा.वि. जाने बाटोमा पुल निर्माणका लागि ३० लाख रुपैयाँ छुट्याइएको देखिएको हो।



