चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिका अन्तर्गत विभिन्न सडक योजनाका लागि कूल १ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ।
आर्थिक बर्ष २०८३/८४ को कार्यक्रम विवरणमा उल्लेख रहेअनुसार जनजीवन माविदेखि पूर्व मन्दिर जोड्ने सडक (माडी–८) का लागि १८ लाख, कीर्तनपुर–बोर्डिङ–स्याउलीबा सडक स्तरोन्नति (माडी–६ र ७) का लागि ४० लाख र बगहीं–जेठी बगहीं–कान्छी बगहीं सडक कालोपत्रेका लागि २० लाख रुपैयाँ छुट्याइएको छ।
यस्तै, जनजीवन खेल मैदानदेखि देवी मन्दिर सडक (माडी–८) का लागि २० लाख, सापकोटा चोकदेखि इन्द्रबस्ती हुँदै जीवनपुर सडक (माडी–८) का लागि २० लाख तथा नेत्र सापकोटाको घरदेखि इन्द्रबस्ती जाने बाटो (माडी–८) का लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।




