चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारले माडी नगरपालिकाका विभिन्न वडामा नदी नियन्त्रण, तटबन्धन तथा पहिरो व्यवस्थापनका लागि करीब १ करोड रुपैयाँ बराबरका विभिन्न योजनाहरू स्वीकृत गरेको छ।
बागमती प्रदेश सरकार अन्तर्गत भू तथा जलाधार कार्यालय मकवानपुरका अनुसार माडी–१ मा भट्टराई खोला तथा भुसाल खोला तटबन्धनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, माडी–९ मा कान्छी बगहींदेखि प्याउलीसम्म तटबन्धनका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ।
माडी–६ मा रिमालखोला तथा चन्द्रेखोला तटबन्धनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ भने माडी–७ स्थित शनिधाम क्षेत्रमा पहिरो नियन्त्रण तथा संरक्षणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।

त्यसैगरी, तामाङ बस्ती संरक्षण तथा टुनामुना खोला तटबन्धनका लागि १० लाख, माडी–८ मा टुनामुना खोला तटबन्धनका लागि १० लाख र माडी–२ मा चितई खोला तटबन्धनका लागि सबैभन्दा बढी २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।



