खेल र खेलाडी पोष्ट

तेश्रो बागमती प्रदेशस्तरीय खेलकुदमा माडीका खेलाडीको उत्कृष्ट प्रदर्शन, अपेक्षा महतोद्वारा दुई स्वर्ण जित

चितवन, ०४ असार ०८३ — तेश्रो बागमती प्रदेशस्तरीय बृहत् खेलकुद प्रतियोगितामा माडीका खेलाडी अपेक्षा महतोले २ वटा स्वर्णपदक जित्नुभएको छ । माडी–४, सिधुवा निवासी एथलेटिक्स खेलाडी महतोले ट्रिपल जम्प र लङ जम्पमा स्वर्णपदक (प्रथम स्थान) जित्नुभएको हो ।

यसबाहेक, माडीबाट सहभागी रहेका सचिन दराईले ८०० मिटर दौडमा स्वर्ण र ४x४०० मिटर दाैडमा काश्य पदक (तेश्रो स्थान) पाउनुभएको छ । बरदान काफ्‌लेले हाइजम्पमा रजत पदक (दोश्रो स्थान) र विश्वास गुरुङले ४०० मिटर दौडमा रजत पदक (दोश्रो स्थान) जित्नुभएको छ ।

प्रतियोगितामा चितवनको टीममा सहभागी रहँदै पुरुषतर्फ ४x१०० मिटर रिले दौड र महिलातर्फ ४x४०० मिटर रिले दौडमा माडीका खेलाडीहरु प्रथम भएका छन् । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा गत असार ३ गतेबाट हेटौंडामा एथलेटिक्सका खेलहरु सञ्चालन भएका हुन् ।

तपाईको प्रतिक्रिया