खेल र खेलाडी पोष्ट

विश्वकप २०२६ मा पोर्चुगल र कंगोबीच १–१ को बराबरी, रोनाल्डोको कीर्तिमानी खेल गोलविहीन

चितवन, ०४ असार ०८३ — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगल लोकतान्त्रिक गणतन्त्र कंगोसँग १–१ को बराबरीमा रोकिएको छ।

अमेरिकाको ह्युस्टनस्थित रंगशालामा भएको खेलमा पोर्चुगलले सुरुआतमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

सन् १९७४ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको लोकतान्त्रिक गणतन्त्र कंगोका लागि यो विश्वकप इतिहासकै पहिलो गोल र पहिलो अंक बनेको छ।

यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार छैटौं विश्वकप खेल्दै अर्जेन्टिनाका लियोनल मेसीको कीर्तिमान बराबरी गरेका छन्। तर कीर्तिमानी उपस्थितिलाई गोलमा परिणत गर्न भने उनी सफल भएनन्।

रोनाल्डोले खेलमा केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पोर्चुगल विजयी सुरुआत गर्नबाट वञ्चित रह्यो। बराबरीसँगै दुवै टोलीले विश्वकप अभियान एक–एक अंकबाट सुरु गरेका छन्।

तपाईको प्रतिक्रिया